वि.सं.२०८१ असोज २६ शनिवार

दोलखा यौ*न काण्ड : शारीरिक सम्बन्ध हुँदाको फोटो-भिडिओ खिचेर अर्जुनले यस्ताे सम्म गरेपछि..!

दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ७ खड्काथोकका २४ वर्षीय अर्जुन खड्का एक महिलासँग सामाजिक सञ्जालमा साथी बन्छन् ।

दोलखा अपडेट थप समाचारहरू….!

फेसबुक मेसेञ्जरमा चिनजान र कुराकानी हुँदैजाँदा उनीहरूबीच माया, प्रेम  हुन्छ । र, पछि दुवै जनाबीच आपसी सहमतिमै याै*न सम्बन्ध  समेत हुन पुग्छ । तर महिलालाई थाहै नदिई खड्काले यौ*न सम्पर्क गर्दाकाे फोटो तथा भिडिओ खिचेर राखेका हुन्छन् ।

दुवै जनाबीच असमझदारी उत्पन्न भएपछि उनले प्रतिशोध एवं ब्ल्याकमेलको रूपमा महिलाका साथीहरूलाई ती फोटो तथा भिडिओ पठाइदिन्छ । ति महिलाले अनावश्यक दुःख, हैरानी दिने, समाजमा चरित्रहत्या, बदनाम, बेइज्जती गर्ने कार्य गरेकाे भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिन्छन् ।

त्यसपछि अर्जुनलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।