वि.सं.२०८१ कात्तिक २७ मंगलवार

डिआइजीलाई घुमुवा खटाएर असुली गरेको आरोप लागेपछि..!

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पद सम्हालेपछि सादा पोशाकमा घुमुवा राख्न नपाउने परिपत्रपछि तराईका जिल्लाबाट हुने भन्सारछली तस्करीमा कमी आएको थियो ।

सशस्त्रका बाहिनी, गण, गुल्म र बिओपीका इन्चार्जहरुले सादा पोशाकमा घुमुवा राख्ने र उनीहरुले तस्करी गर्नेहरुसँग सेटिङ गर्ने गरेपछि राजस्व संकलनमा समेत कमी आएको थियो ।

बाहिनीका डीआईजीले सादा पोशाकमा परिचालन गरेका घुमुवा हतियार तस्करी गर्नेहरुसँग कनेक्सन देखिएपछि २ बर्षअघि बारामा पक्राउ नै परेका थिए ।

भ्रष्टाचार गर्नलाई रोकेर रोक्न सकिन्न । छाल गनेर पनि खान्छ भन्ने उखान सशस्त्र प्रहरी बलको बागमती प्रदेश(गढीमाई बाहिनी)का डीआईजी लक्ष्मणबहादुर सिंहले चरितार्थ गरेका छन् ।

मधेश प्रदेशमा १६ बर्ष घुमुवा बसेका इलामको श्रीअन्तु गुल्ममा सरुवा भएका हवल्दार इमाम मियाँ ठकुराईलाई डीआईजी सिंहले घुमुवा राखेका छन् ।

इमामले मधेश प्रदेशका ८ वटा जिल्लाबाट भन्सारछलीका सामान ल्याउने समूहसँग डीआईजीको घुमुवाका रुपमा असुली गर्ने गरेको दृष्टिले समाचार लेखेको छ ।

इलामको श्री अन्तु गुल्ममा डेढ बर्षअघि सरुवा भएपनि उनी अस्पतालमा बिरामी भएको भनेर काजमा छन् ।

कागजमा उनी बिरामी भनेर अस्पतालमा छन् । तर ब्यवहारमा भने बागमती प्रदेशका डीआईजीका घुमुवाका रुपमा असुलीमा बारा र पर्सामा छन् ।

कोषराज वन्तका पालामा प्राविधिकबाट इन्फ्रेन्ट्रीतर्फ आएका लक्ष्मणबहादुर सिंह कमाण्ड क्षमता नै नभएका डिआईजी हुन् ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ प्रहरीको हत्या हुँदा सशस्त्रका एसपी लक्ष्मणबहादुर सिंह नै थिए ।

यदि सशस्त्रका एसपी सिंहले समयमै भीड नियन्त्रण गर्न सकेको भए कैलाली नरसंहार नहुने प्रत्यक्षदर्शीहरुले नै बताएका थिए ।