न्यायाधीश भुवन गिरीकी जेठी श्रीमती आरती गिरीले सर्वोच्च अदालत बाहिर आत्मदाह प्रयास गरेकी छन् ।
उनले शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लियो । उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् ।
अदालत गेट बाहिर उनले जर्किनबाट शरीरमा पेट्रोल/मट्टितेल खन्याइन् ।
तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरे । त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ ।
यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्माथि जुत्ता प्रहार गरेकी थिइन् ।
आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।
न्यायाधीशसँग एसपी बस्नेतकाे सेटिङले बलात्कृत महिलामाथि अन्याय






























