वि.सं.२०८१ माघ २६ शनिवार

भारीमात्रामा विष्फोटक पदार्थ पटाका बरामद

सिराहामा सशस्त्र प्रहरीले भारीमात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाबाट खटिएको टोलीले भारतबाट नेपाल ल्याउदै गरेको सिरहा नगरपालिका–६ वसविट्टाको कमला किनारबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको हो।

धनुषा–सिरहाको सिमानामा पर्ने कमला नदी हुँदै सिरहाको वसविट्टासम्म पटाका लिएर पुगेकाले सशस्त्र प्रहरीलाई देखेपछि पटाका छाडेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाले जानकारी दिए ।

बरामद भएको पटाका अन्दाजी करीब रु दुई लाख मूल्य बराबरको रहेको र त्यसलाई स्थानीय समाज सेवी ,नागरिकसमाज, नेपाल प्रहरीका प्रतिनिधि,पत्रकारहरु को रोहबरमा सशस्त्र प्रहरीले खाल्डोमा पुरेर नष्ट गरेको छ।