सिराहाको विष्णुपुर गाउँपालिका– ५ लक्ष्मीपुर चौकमा बच्चा चोरको आरोपमा दुई जना तेस्रो लिङ्गी माथि निर्घात कुटपिट भएका छन्।
जिल्लाको को कल्याणपुर नगरपालिका ९ डुमरी बस्ने ४३ बर्शिय मुन्नी किनर र धनुषाको हस्तपुर नगरपालिका मल्हनिया घर भएका ४५ बर्षको चन्दा राउत किनर माथि स्थानीय केही व्यक्तिले एक्कासी बच्चा चोर हो भनेर निर्घात कुटपिट गरेका हुन।
मुनि किनर भनीने तेस्रो लिङ्गीले लक्ष्मीपुर चौकमा आफ्नै दिदीलाई साथी संगै भेटेर लहान आउने क्रममा स्थानीय कपडा ब्यवसायीले सोधपुछ र कुटपिट गर्न थाले पछि १५-२० जना स्थानीयहरुको समुहले दुबै जना लाई कुटपिट गरेको को मुन्नीले बताइन् ।
मुनी र चन्दा भने तेस्रो लिङ्गी लहान नगरपालिका – ५ मा कोठा भाडा लिएर बस्दै आएका छन्। उनीहरुले बच्चा जन्मिएको घरमा दुई ३ जनाको समुहमा गएर नाच गान गर्ने र बधाई दिने गरेकी छिन।
उनीहरुले खुशी राजीले दिएको पैसाबाट आफनो घर परिवार चलाउने र जिबीको पार्जन गर्ने गरेका छन् ।
दुबै जना लहान ६ स्थित रहेको जिबन ज्योति समाज सस्थाआबद्ध रहेकी बताएकी छिन,कुटपिट भएको घटना प्रति संस्थाका सम्पुर्ण पदाअधिकारीहरु दु:ख र निन्दनीय घटना भएको खेद प्रकट गर्दै दोषीलाई कडा कर्बाहीको माग गरेका छन्।
पीडितले ईलाका प्रहरी कार्यालय सिरहामा कार्बाहीको लागी निवेदन र उजुरी दर्ता समेत गराएका छ्न।
जिवन ज्योति संस्थाका अध्यक्ष राम जनक राय र प्रबन्धक लक्षमेश्वर प्रसाद यादवले घटना दु:खद भएको भन्दै कार्बाहीको जोडदार माग गरेका छ्न।