वि.सं.२०८२ चैत २५ बुधवार

प्रेमको नाटक, अपराधको वास्तविकता : कुमारमाथि बलात्कार र ठगीको आरोप (श्रृंखलावद्ध खोज)

‘विश्वास गरेँ, तर जीवन बर्बाद भयो’ : पीडितको दर्दनाक बयान

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाविरुद्ध टिकटक प्रयोगकर्ता तुलसा अधिकारी सम्बन्ध झन् गम्भीर र भयावह बन्दै गएकाे छ।

तुलसा अधिकारीका अनुसार, २०७५ सालदेखि सुरु भएको सम्बन्ध विश्वास, माया र सहयोगको आवरणमा अघि बढाइए पनि त्यसको आडमा आफूलाई बारम्बार शारीरिक शोषणको सिकार बनाएकाे बताएकी छिन्।

कुमार चिमोरियाले भावनात्मक रूपमा नियन्त्रणमा लिएर, धम्की र दबाब प्रयोग गर्दै आफूलाई इच्छाविरुद्ध शारीरिक सम्बन्ध राख्न बाध्य बनाएका थिए।

“मैले विश्वास गरे उनको कुरा माने, तर पछि त्यो विश्वास नै मेरो कमजोर बिन्दु बनाइयो,” तुलसाले भनिन्, “धम्की, ब्ल्याकमेल र मानसिक दबाबका कारण म चुप बस्न बाध्य भए।”

तुलसाका अनुसार, सम्बन्ध तोड्ने प्रयास गर्दा पनि उनलाई छाडिएको थिएन। बरु, निजी तस्वीर, म्यासेज र व्यक्तिगत जानकारी सार्वजनिक गरिदिने धम्की दिँदै बारम्बार ब्ल्याकमेलिङ गरिएको उनले बताएकी छिन्।

यसैबीच, आफूले सबै आर्थिक हिसाब चुक्ता गरिसक्दा पनि दबाब नरोकिनु, उल्टै शारीरिक तथा मानसिक शोषण बढ्दै जानु अत्यन्त पीडादायी भएको उनको भनाइ छ।

२०८० मंसिर १५ गते दुवै पक्षबीच स्पष्ट सहमतिसहित लिखित कागज गरिएको थियो। उक्त कागजमा लेखिएकाे छ, आजकै मितिबाट एकअर्कालाई कुनै पनि प्रकारको आर्थिक, सामाजिक, शारीरिक वा मानसिक, हानि नपुर्‍याउने, सम्पर्क नगर्ने र स्वतन्त्र रूपमा बस्ने सहमति गरिएको उल्लेख छ। तर, त्यस लिखित प्रतिबद्धताको समेत उल्लङ्घन गर्दै कुमारले बारम्बार सम्पर्क गर्ने, धम्क्याउने र मानसिक दबाब सिर्जना गर्ने काम जारी राखेको तुलसाले बताएकी छिन्।

खप्तडटिभीलाई प्राप्त अडियो, म्यासेज तथा अन्य प्रमाणहरूले ब्ल्याकमेलिङ, झुटो विवरण र जबरजस्तीको अवस्थालाई पुष्टि हुन्छ ।

यस प्रकरणलाई गम्भीर रूपमा लिँदै ललितपुर जिल्ला प्रहरी परिसरले अनुसन्धान अघि बढाएको छ। प्रहरीले ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतमा पेश गरिसकेको खप्तडटिभीलाई जानकारी दिएकाे छ ।

तुलसाका अनुसार, कुमार चिमोरियाले सुरुबाटै आफ्नो वैवाहिक अवस्थाबारे झुट बोले। आफू अविवाहित भएको भ्रम सिर्जना गरेर नजिकिएको र भावनात्मक रूपमा बाँधिसकेपछि मात्र वास्तविकता बाहिर आएको उनले बताइन्। अझ गम्भीर कुरा त, सत्य लुकाउनका लागि उनले आफ्नै श्रीमतीलाई क्यान्सर भएको झुटो बाेलेर सहानुभूति बटुलेको आरोप पनि लागेको छ। “त्यो कुरा सम्झिँदा अहिले पनि मन थर्किन्छ,” तुलसाले भनिन्, “कसरी यति ठूलो झुट बोल्न सकिन्छ?”

यो घटनाले केवल एउटा व्यक्तिको पीडा मात्र होइन, समाजमा बढ्दो विश्वासघात र सम्बन्धको दुरुपयोगको खतरनाक प्रवृत्तिलाई पनि उजागर गरेको छ। सामाजिक सञ्जाल र व्यक्तिगत सम्बन्धको आडमा कसरी व्यक्तिहरूलाई जालमा पार्न सकिन्छ भन्ने यो एउटा उदाहरण बनेको छ।

तुलसा अधिकारी अहिले न्यायको खोजीमा छिन्। “म जस्तै अरू कसैले यस्तो पीडा भोग्न नपरोस्,” उनले भनिन्, “विश्वासलाई हतियार बनाउनेहरूलाई कानुनी दायरामा ल्याउनै पर्छ।”

यस बिषयमा खप्तडटिभीले कुमारसंग सम्पर्क गर्दा धेरै मिडिया बाेल्न नमिल्ने र अदालतमा गइसकाे बताए ।

यो घटनाक्रमको सारसंक्षेप मात्रै हो । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले सोझा साझालाई कसरी फसाउने भनेर रचेकाे जालकाे नालीबेली अर्को श्रृंखलामा….-सम्पादक