वि.सं.२०८२ माघ २९ बुधवार

सप्तरी, सिराहा ,धनुषा हुँदै   पुर्खौली गाउँ एकडाँडा पुगे बालेन

धनुषा ।रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह आफ्नो पुर्खौली गाउँ महोत्तरीको एकडाँडा गाउँपालिका वडा नं २ एकडाँडा पुगेका छन् । चुनावी अभियानको क्रममा उनी आज सप्तरीबाट सिराहा धनुषा हुँदै महोत्तरीको पुर्खौली गाउँ एकडाँडा पुगेका हुन् ।
त्यस क्रममा उनले सप्तरी ,सिराहा, धनुषाको विभिन्न ठाउँहरूमा पुगेका थिए । सिरहाको  गोलबजार,  कल्याणपुर हुँदै सिराहा र धनुषाको बीचमा रहेको कमला पुलमा पुगेका थिए । त्यसपछि धनुषाको सहिदनगरको यद्दुकोहा, धनुषाधाम हुँदै जनकपुर आइपुगेका थिए । यद्यपि जनकपुरको विभिन्न ठाउँमा राखिएको निर्धारित कार्यक्रम स्थगित गरेका छन् ।-अनलाइन खबर