दुई चार पैसा कमाउनु थियो, निदाउनु थिएन !
नहाँसनु थियो नरुनु थियो, दुख पीडा सबै भुल्नु थियो ।
रगत,पसिना बगाउनु थियो पुछ्नु थिएन !!
केही त समस्या थिए होला तिम्रो पनि उसको जस्तै !
बिक्तेर कोरियाको यात्रामा लम्किएर हिंड्न् खोज्ने ती युवा
सरकार पनि कस्तो अटेरी उदाउँदो सुर्यलाई अस्ताई दिने
तिमिलाई मार्दा देश बन्छ भने, तिम्रो मृत्यु सार्थक छ!!
बजेट बन्छ सरकारमा तिम्रो पसिनाको मुल्यको
नारा लाग्छ समृद्धि र सुखी नेपालीको
अर्थपूर्ण थियो, तिम्रो वैदेशिक यात्राको
देश र जनता दुखी थियो तिम्रो जीवन उत्सर्गको !!
तिमी सही थियौं सरकार गलत थियो,
तिम्रो जिम्मेवारी थियो सरकार गैरजिम्मेवार थियो
सबै परिवर्तनमा जनता नै मर्नु पर्ने मेरो देश
स्वतस्फूर्त सार्बभौमसत्ता स्वार्थ यिहरुको भेष !!






























