वि.सं.२०८१ असोज २६ शनिवार

‘आक्रामक’ अख्तियार : एकै दिनमा ७ वटा भ्रष्टाचार मुद्दामा २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई तिव्र बनाएको छ ।
आयोगले एकैदिन विशेष अदालतमा ७ वटा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

७ मुद्दाको प्रतिवादी २४ जना छन् । विभिन्न कार्यालय २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्ने आयोगले गहिरो अनुसन्धानमा जोड दिदै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले अख्तियारले सक्षमता, निष्पक्षता, निर्भिकता र स्वतन्त्रताकासाथ कार्यसम्पादन गरीरहेको बताएका छन् ।

आयोगले यसअघि मुख्यसचिव शंकरदास बैरागीसहित विकासे मन्त्रालयका सचिव, अन्तर्गतका बोर्ड, संस्थान र विभागीय प्रमुखहरूलाई आफ्नै कार्यालय टंगालमा बोलाएर भ्रष्टाचार निवारण र सुशासन प्रर्वद्धन बिषयमा लगातार तीन दिन बैठक गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहजसार्वजनिक सेवा प्रवाह, सुशासन स्थापना र विकास निर्माणका कार्यहरुको प्रभावकारिताको लागि साउन २४, २५ र २९ गते बैठक गरेको हो ।

बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न चरणमा विकासे मन्त्रालयका सचिव, अन्तर्गतका बोर्ड, संस्थान र विभागीय प्रमुखहरुसँग वैठक गरेर आयोगले सेवा प्रवाहलाई प्रभावकारी र सहज बनाउन निर्देशन दिएको थियो ।

पढ्नुहाेस् यि सब समाचारहरू….!

राजश्व हिनामिना : अख्तियारद्वारा सुब्बा मदन गुप्ता र लेखापाल विष्णुप्रसाद ढकालविरुद्ध मुद्दा दायर

बर्दियाका मालपोत प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर

कामै नगरी भुक्तानी दिएपछि, डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत दहालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियारले गर्‍यो मन्त्री दीर्घ सोडारीकी श्रीमती गीताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गुणस्तरहीन भ्युटावर निर्माण : अध्यक्ष शर्मासहित तीन जनाविरुद्ध मुद्दा दायर

सिंचाइमा भ्रष्टाचार : ४ जनाविरुद्ध मुद्दा दायर

घाँस खरिदमा भ्रष्टाचार : पशु विकास अधिकृत शिव नारायण यादव विरुद्ध मुद्दा