वि.सं.२०८१ माघ ७ सोमवार

प्रहरीको बुट खरिदमा ६ करोड घोटाला : कालोसूचीमा परेकोलाई ठेक्का

नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो ।

व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेण्डर पारेको थियो ।

सोही अनुसार उनको कम्पनीले जिल्ला प्रहरी कार्यालयमा पठाएको डिएसएम बुट गुणस्तरहीन परेको हो ।

मोर्डन सुज लिमिटेडलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले २०७८ माघ १२ गते कालोसुचीमा राख्नका लागि स्पष्टिकरण समेत सोधेको थियो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंबाट ति बुट खरिद गरेर जिल्ला जिल्लामा पठाइएको थियो । १३ करोड ५० लाख रुपैयाँबराबरको डिएसएम बुट खरिद गर्दा करिव आधा रकम घोटाला भएको अनुमान गरिएको छ ।

गुणस्तर रिपोर्ट कीर्ते गर्ने क्राउन टेक्सटायलका सञ्चालक पिताम्बरकुमार मुन्कालाई पक्राउ गरी २६ दिन थुनामा राखेर मुद्दा चलाएको भएपनि प्रहरीले लगाउने बुटमै कमिशनको लोभमा गुणस्तर परीक्षण गर्दा पनि परीक्षणका लागि पठाएको नमूना भन्दा जिल्लामा पठाइएको बुटको गुणस्तर निक कम भएको जुन बुट बजारमा १ हजार ४ सयमै पाइने ती प्रहरी अधिकारीको दावी छ ।