वि.सं.२०८१ असोज २६ शनिवार

भित्र त्रिभुवन विश्वविद्यालयको पत्रकार सम्मेलन, बाहिर ‘ग्याङ फाइट’

उपकुलपति बाँस्कोटाको राजीनामा माग

त्रिभुवन विश्वविद्यालय प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा विद्यार्थीको समूहले विथोल्ने प्रयास गरेको छ ।

याे पनि..
नेविसंघका कार्यकर्ताले त्रिविका महत्त्वपूर्ण कागजात लुटे

सुरक्षाकर्मीको व्यवस्था गर्न सरकारसँग त्रिभुवन विश्वविद्यालयको माग (विज्ञप्तिसहित)

त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खाेज्दा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सम्मेलन नगर्न दबाब दिएकाे थियाे ।

त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने याेगेन्द्र रावलले त्रिवि प्रशासनलाई दबाब तथा विरोधबाजी गरेपछि स्थिति तनावपूर्ण बनेकाे थियाे । त्यसै क्रममा नेकपा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गर्‍याे । त्यसपछि दुईपक्षबीच झडप भएको छ । घटनामा दुई विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन् ।

प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी रुकुेश ताण्डुकारका अनुसार त्रिविकाे पत्रकार सम्मेलन भइरहेका बेला नेविसंघ र अनेरास्ववियुबीच विवाद भएको हो । ‘अहिले दुवै पक्षबीच छलफल भइरहेको छ’ उनले भने ।

नेविसंघले भने प्रदर्शन गर्दै हुबहु प्रश्न पत्र निकाल्नेमाथि छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको थियो । त्यही क्रममा विवाद हुँदै झडपको अवस्था सिर्जना भएको हो ।

नेविसंघले उपकुलपति बाँस्कोटाको राजीनामा माग गरेका छन् । आफूहरूमाथि कुटपिट गर्न भाडाका गुन्डा ल्याएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । यता अनेरास्ववियू भने पत्रकार सम्मेलन बिथोल्न खोजिएको र आफूमाथि नै जाइ लागेको आरोप लगाएको छ ।

नेविसंघले बाँस्कोटालाई बर्खास्त नगरुन्जेल सम्म अनिश्चितकालीन विश्वविद्यालय आमहड्ताल गर्ने चेतावनी दिएको छ ।