वि.सं.२०८२ मंसिर १९ शुक्रवार

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकाहरू ३ जनाविरूद्ध उजुरी दिन आह्वान

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीन जनाविरूद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ।

सर्वोच्चको न्यायाधीशमा न्यायपरिषदबाट उच्च अदालतका दुई जना मुख्य न्यायाधीश र वरिष्ठ अधिवक्ता गरी तीन जना सिफारिस भएका छन्।

न्यायाधीशमा उच्च अदालत (तुलसीपुर) की मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालत (जनकपुर) का कायममुकायम मुख्य न्यायाधीश विनोद शर्मा र नेपाल ल क्याम्पसका प्रमुख डीएन (दिनानाथ) पराजुली न्यायाधीशमा सिफारिस भएका छन्।