वि.सं.२०८१ भदौ २८ शुक्रवार

सन्दिप लामिछानेलाई पक्राउ गर्न अदालतले दियो अनुमति

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

याे पनि…

बिहीबार प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो ।

१७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा सन्दीप विरुद्ध प्रहरी वृत गौशालामा जाहेरी दर्ता भएको छ । अनुमति पाएसँगै अब प्रहरीले सन्दीपलाई जुनसुकै समयमा पक्राउ गर्न सक्छ ।

भदौ ५ मा राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’मा लगेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।

लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेपछि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न आवश्यक रहेको भन्दै अदालतमा पक्राउ गर्न अनुमति माग गरेको थियो ।

१७ वर्षीया किशोरीले लामिछानेविरुद्ध भदौ २३ गते जाहेरी दिएकी थिइन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।

नोट: यहाँ प्रयोग गरिएको बालिकाको तस्बिर गुगलबाट लिइएको एक प्रतिनिधिमुलक तस्विर मात्र  हाे : सम्पादक