वि.सं.२०८२ कात्तिक २५ मंगलवार

जनतालाई सास्ती : ‘रिकन्डीसन हाउस’ वालालाई मस्ती, मयेर बालेन र प्रहरी माैन..!

काठमाडौं । काठमाडौं शहरको मुख्य बजारका सडक पेटीहरु फुटपाथ व्यापारीको कब्जामा छ ।

रिकन्डीसन हाउस वालाका कारण हिँडडुल गर्न नै अप्ठ्यारो हुने गरी बाइकहरू फिँजाएर बस्छन् र सार्वसाधारण भने सवारी साधनबाट जोगिँदै हिड्नु पर्ने बाध्यता छ ।

महानगर प्रहरीले बेला-बेला सामान उठाएर लैजान्छ । तर, फुटपाथ अझै व्यापारीकै कब्जामा छ । विना सम्झौता चलेका यस्ता पसल र रिकन्डीसन हाउसले महानगरलाई आम्दानी त दिएको छैन नै, यात्रुलाई सास्तीसँग सौन्दर्यता बिगारेको छ ।

हामी कहाँ गाडीमा कुद्ने ल्याकत धेरैको छैन। कम्तिमा आधा जनसंख्या पैदलै हिँड्छन्।

हिँड्नेहरू जति धेरै, बाटो उति कम।
कम बाटो, बढी मिचाइ।
जति मिचाइ, उति सवारीको किचाइ।

हाम्रा फुटपाथमा मान्छे विरलै हिँड्छन्। हिँड्न नचाहेर पनि हो। त्योभन्दा हिँड्न लायकै नभएर।

स्थानीयवासीकाे गुनासाेपछि हिजाे मात्रै खप्तडटिभीकाे टाेली काठमाडौंकाे भाटभटेनी सुपर मार्केट काेटेश्वरदेखि जडिबुटी हुर्दै पेप्सिकोलाकाे सिनामंगलसम्म चहार्यौं। फोटो खिच्यौं।

हेर्नुहाेस् फोटो….

अब लागाै बेली बिस्तारतिर काठमाडौंकाे भाटभटेनी सुपर मार्केट काेटेश्वरकाे आपपास र पेप्सिकोला ‘रिकन्डीसन हाउस’ व्यापारीको कब्जाले मान्छेलाई हिँडडुल गर्न निकै अप्ठ्यारो परेकाे छ भने यता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सडकमा मकै बेच्नेमाथि नगर प्रहरी लगाएर लछारपछार समेत गरेकाे घटना ताजैछ । उता काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्य मातहतका कार्यालयहरुले मुखदर्शि बनेर हेरि रेहेका छन् ।

कारण के भने हाम्राे देश नेपालमा गरिबलाई मात्रै कानून लाग्छ । ‘ठुलाबडा’को रजाईं! हुने देश हाे ।

फस्टाउँदो रिकन्डिसन व्यवसायले दुइपाँग्रे सवारी मोटरसाइकल/स्कुटरले काठमाडौंकाे भाटभटेनी सुपर मार्केट काेटेश्वरकाे आपपास र पेप्सिकोला केही स्थानमा ‘रिकन्डीसन हाउस’ व्यापारीले फुटपाथ अझै व्यापारीकै कब्जामा राेड-सडक छ ।

हेराैं अब महानगरपालिका का मेयर बालेन र नगर प्रहरी/ ट्राफिक प्रहरीले कानमा अझै तल हालेर बस्छ कि सहज बनाउन्छ याे निकै चुनाैतीकाे बिषय बनेकाे छ ।

हेर्नुहाेस् फोटो….


रिकन्डीशन ब्यापारीले मान्छे हिट्ने बाटाे नै कब्जा गरेर फस्ट ह्यान्ड बाइकजस्तै, बजाज, होन्डा, यामाहा, टीभीएस र हिरो कम्पनीका बाइक बाटाे छेकेर राखेकाे छ। यस बिषयमा नगर/ट्राफिक प्रहरी र महानगरपालिका अथवा नगरप्रहरीले कस्ताे एक्सन लिन्छ हेर्न बाकी छ ।

यस्ता रिकन्डीसन ब्यापारीका कारण मानिसकाे ज्यान धरापमा राखेर बाटाेमा हिट्नु परेकाे छ। यस बिषयमा कसले चासाे राख्ला ?

रिकन्डीसन ब्यापारीले राेड नै कब्जा गर्दा फुटपाथ यति साँघुरा छन्, दुई जना हात समातेर हिँड्न मिल्दैन। मुख्य सडक फराकिलो पार्दा हिँड्ने बाटो मिचिएको छ। धेरैजसो एक मिटर चौडा छन्। कति त आधा मिटर। यस्तोमा फुटपाथ छ भनेर के गर्नु? कुम जुध्छ जुध्छ, खुट्टा टेक्ने ठाउँधरि पाइन्न। अटेसमटेस हिँड्नुभन्दा गाडीकै छेउ लागेर फटाफट। गाडी हुइँकिएका हुइँकियै। हिँड्नेहरूको कसलाई मतलब? ती त ठेलिँदै–पेलिँदै गइहाल्छन्। गाडी पो सर्रर कुद्नुपर्यो!

फुटपाथमै गाडी राखेपछि हामी हिँड्ने बाटो खोइ? भित्तामा घिस्रिउँ। नभए सडकमा ओर्लुँ। गाडीको मिचाइले गाडीकै किचाइको डर। अब के गर्छ त महानगरपालिका मकैं बिच्नेलाइ कार्वाही गरे जसरी यि ‘रिकन्डीसन हाउस’वालाई कार्वाही गर्छ कि गर्दैन ? अनि नगर र ट्राफिक प्रहरी !