वि.सं.२०८२ मंसिर १८ बिहीवार

प्रभु प्रकरणको लहरो, गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

काठमाडौं। प्रभु समूहमा भएको घोटालाको लहरो गुण समूहसम्म पुगेको छ ।

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ ।

‘प्रभु प्रकरण’-७ : पदाधिकारीदेखि कर्मचारीसम्म सिआईबीको उच्च निगरानीमा

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

अनुसन्धानको लागि शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीका एआईजी मनोज केसीले जानकारी दिए ।

 

प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।

 

गुण समूहमा प्रभु म्यानेजमेन्टको पैसो पुगेको कनेक्सन सीआईबीले भेट्टाएको छ ।

 

जुन रकम देवी भट्टचन र अशोक शेरचन दुबैले गुण लगेका बुझिएको छ ।

असोज १४ मा शेरचन प्रभु बैंकको नायब कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पक्राउ परेका थिए ।

 

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स अहिले सञ्चालनमा छैन ।

 

अहिले उनले गुण न्यूज नेटवर्क अर्थात् जीएनएन टेलिभिजन चलाइरहेका छन् भने ललितपुरको बालकुमारीमा कर्मनासा खोलाको जग्गा मिचेर अपार्टमेन्ट बनाएका छन् ।

शाक्य एपीवान् टेलिभिजनको समेत हर्ताकर्ता हुन् ।