वि.सं.२०८१ असार १ शनिवार

चलचित्र ‘प्रेम गीत ३’ लिक…!

हिजो शुक्रबार देखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगित ३ को हिन्दी संस्करण लिक भएको छ ।

नेपालमा हाल यस चलचित्रको नेपाली संस्करण प्रदर्शनमा छ भने निर्माण पक्षले यस अघिनै नेपालमा पनि हिन्दी संस्करण रिलिज गर्ने घोषणा गरिसकेको छ ।

हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएको छ ।

यद्यपि नेपालमा प्रदर्शन हुनु पूर्व नै प्रेम गित ३ ‘अनएथिकल’ र अन्य साइटहरू ‘टेलिग्राम’ मा लिक भएको हो ।

फिल्मको हिन्दी संस्करण नेपालमा रिलिज हुनुपुर्वनै लिक हुनाले फिल्मलाई उल्लेखनीय आर्थिक नोक्सानी हुनसक्ने सम्भावना बढेको छ ।