बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छन् ।
उनलाई आजै काठमाडौंको तिनकुनेबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
प्रभु बैंक डलर काण्डदेखि काठमाडौं प्रहरी परिसरसम्म : दाजुभाईको यस्तो छ ‘सेटिङ’
रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा उनीमाथि अनुसन्धान हुने छ ।
उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल अनुसन्धानकै क्रममा सीआईबीको हिरासतमा छन् ।
प्रभु बैंकले सो कम्पनीलाई ४८ करोड रुपैयाँ कर्जा दिएको थियोे।
नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षणपछि अनियमितता उजागर भएको सीआईबीस्रोतले जनाएको छ ।































