वि.सं.२०८१ जेठ ७ सोमवार

बागमती प्रदेश कृषि तथा पशुपक्षीमन्त्री हुमागाईं नेकपा एसको काभ्रेपलाञ्चोक अध्यक्ष चयन

काभ्रेपलाञ्चोक-नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा एसको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा बसुन्धरा हुमागाईं चयन भएका छन् ।

शनिबार पार्टीको पाँचौं बैठकले जिल्ला नेतृत्व हेरफेर गर्दै बागमती प्रदेश कृषि तथा पशुपक्षीमन्त्रीसमेत रहेका हुमागाईंलाई अध्यक्षमा चयन गरेको हो ।

बैठकले उपाध्यक्षमा दीपककुमार गौतम, सचिवमा गोकुल गौतम तथा विद्यार्थी नेता यशु लामालाई सहसचिवमा चयन गरेको छ ।

हुमागाईं यसअघि उपाध्यक्ष तथा गौतम सचिव थिए ।