बझाङको केदारस्यूँ गाउँपालिका वडा नं ४ बागथलामा रहेको शिक्षोदय माध्यमिक विद्यालयमा दुईजना शिक्षकको नियुक्तिमा चलखेल भएको भन्दै विवादमा तानिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नै परीक्षा समितिले त्रुटि गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् ।
विद्यालयले साउन १२ गते प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङतर्फ सहायक प्रशिक्षक र प्रशिक्षण सहायक पदका लागि दुईजना शिक्षकको दरखास्त आह्वान गरेको थियो ।
विज्ञापनमा सहायक प्रशिक्षकका लागि प्रवीणता प्रमाणपत्र तहमा २.८ जिपिए न्यूनतम योग्यता तोकिएको छ भने प्रशिक्षण सहायकको लागि माध्यमिक शिक्षा परीक्षामा २ जिपिए न्यूनतम योग्ता तोकेको छ ।
विद्यालयले लिखित परीक्षा सञ्चालन गरी अन्तरवार्ताका लागि ५ जनालाई छनोट गरेको छ । हेमन्तराज भट्ट, दिनेश भण्डारी, भोजराज भट्ट, सुरेश मल्ल अन्तरवार्ताका लागि छनोट भएका थिए ।
३ भदौमा अन्तिम नतिजा प्रकाशन गर्दा हेमन्तराज भट्ट र सुरेश मल्ल छनोट भएका छन् ।
छनोट भएकामध्ये हेमन्तराज भट्टको शैक्षिक योग्यता दरखास्तमा उल्लेख भएबमोजिमको नभएको स्थानीयको भनाइ छ ।
स्थानीय चक्र गुर्धामी भन्छन्, ‘दरखास्तमा प्रशिक्षक सहायकका लागि प्रविणता प्रमाणपत्र तहमा २.८ जिपिए ल्याउनुपर्ने मापदण्ड बनाइएको छ, तर हेमन्तराज भट्टको जिपिए त्यति पुग्दैन । परीक्षा समितिले चलखेल गरेर योग्य व्यक्तिमाथि अन्याय गरेको छ ।’
नतिजा प्रकाशन भएपछि बागथला बजारमा परीक्षार्थी तथा उनीहरुका आफन्तले प्रधानाध्यापक र शिक्षा समितिका प्रतिनिधिविरुद्ध विरोध जनाएका थिए । हाताहालाहालको स्थिति उत्पन्न भएको थियो । परीक्षा समितिमा बसेका प्रधानाध्यापक गगनबहादुर विष्ट, शिक्षा कार्यालयका प्रतिनिधि र विषय विज्ञले पैसा खाएर प्रश्न पत्र चुहाएको स्थानीयको आरोप छ ।
यसबारेमा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मल्लले विरोध जनाएका छन् । परीक्षा समितिबाट त्रुटि भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनीसमेत विव्यस अध्यक्ष मल्लले दिएका छन् । उनले फेसबुकमार्फत उक्त चेतावनी दिएका हुन् ।
मल्लले लेखेका छन्, ‘मापदण्डविपरीतका व्यक्तिलाइ परीक्षामा समावेश गराइको भन्ने व्यापक गुनासो सामजिक सन्जालमार्फत सुन्नमा आएकोले मेरो अनुपस्थिति मा (निष्पक्ष गराउने विश्वासको सहमतिमा) गराइएको यो परीक्षामा कहीँ न कहीँ परीक्षा समितिबाट त्रुटि भएको आभास भइराखेको छ । त्यसकारण विव्यसले बनाएका मापदण्डविपरीत गल्ती किन दोहरिएको हो यसको छानबिन अवश्य गर्ने नै छु र यथाशीघ्र कारबाही पनि गर्ने प्रतिबद्धता गर्दछु ।
यसबारेमा प्रधानाध्यापक गगनबहादुर विष्टलाई बुझ्न खोज्दा उनको मोबाइल अफ गरिएको भेटियो छ ।
श्री शिक्षाद श्री शिक्षोदय माध्यमिक विद्यालय केदारस्यु ला. पा.-४ बागथला, बझाङ
आवश्यकता, आवश्यकता !!!
आवश्यकता !!!
आवश्यकता !!!
शिक्षा विकास तथा समन्वय इकाई बझाङको च.नं. १९ र मितिः २०७१।०४।११ को प्राप्त पत्रानुसार यस शिक्षोदय मा.वि.को प्राविधिक धारतर्फ “Computer Engineering” विषय अन्तर्गत सहायक प्रशिक्षक पद (निम्न माध्यमिक तह तृतीय श्रेणी सरह) को रिक्त अनुदान कोटा संख्या १ (एक) र प्राविधिक धारतर्फ कक्षा ९ देखि कक्षा १२ सम्म जम्मा विद्यार्थी संख्याको आधारमा वार्षिक एकमुष्ट प्राप्त हुने प्रति विद्यार्थी अनुदानबाट तलब भत्ता पाउने गरि रिक्त प्रशिक्षण सहायक पद (Lab Assistance / प्राथमिक तह तृतीय श्रेणी सरह) कोटा संख्या १ (एक) मा प्रचलित शिक्षा ऐन २०२८ (संशोधन सहित) तथा शिक्षा नियमावली २०५९ (संशोधन सहित) नियम ९६ ‘क’ नियम ९७ तथा सोही नियमावलीको ९९ (१) विपरित नहुने गरि अस्थायी करारमा भर्ना गर्न अनुमति दिएकोले तपशिल बमोजिम १५ दिने प्रकाशित विज्ञापन अनुसार रीत ‘पूर्वक योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त दिन हुन आह्वान गरिन्छ
तपशील:
विज्ञापन नं. ०१/२०७९/०८०
विज्ञापन नं. ०२ / २०७१/०८०
विषय:
कम्प्युटर इन्जिनीयरिङ
धार:
प्राविधिक (कम्प्युटर इन्जिनीयरिङ)
तह र श्रेणी: निम्न माध्यमिक तृतीय सराह
तह र श्रेणी: प्राथमिक तृतीय सरह
पदः सहायक प्रशिक्षक
पदः
प्रशिक्षण सहायक
पद संख्या एक (१) नियुक्तिको प्रकार:
न्यूनतम शैक्षिक योग्यताः
अस्थायी करार
पद संख्या एक (१)
नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट सहायक प्रशिक्षक पदको लागि
लागि कम्प्युटर इन्जिनीयरिङ विषयमा न्यूनतम 2.8 GPA ग्रेडमा प्रविणता प्रमाण पत्र (Intermediate Level) वा कक्षा १२ उत्तीर्ण गरेको र प्रशिक्षण सहायक पद
तह
(Lab Assistance) को लागि कम्प्युटर इन्जिनीयरिङ विषय लिई न्यूनतम 2.0 GPA मा माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण गरेको। स्नातक
तर सहायक प्रशिक्षक पदको हकमा कम्प्युटर इन्जिनीयरिङ विषयमा
संलग्न राख्नु पर्ने कागजातहरु:
तह (B.E.) वा सो सरह उत्तीर्ण गरेको भए विशेष ग्राहेता दिइने छ (क) शैक्षिक योग्यताका प्रमाण-पत्रहरुको प्रमाणित प्रतिलिपि
(ख) नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि (ग) निरोगिताको प्रमाण-पत्रको प्रतिलिपि
उमेर :
(घ) इन्जिनीयरिङ काउन्सिलको दर्ता प्रमाण पत्रको प्रतिलिपि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
तलब स्केल: दरखास्त दस्तुरः
नेपाल सरकारको प्रचलित नियमानुसार
रु. ३,५००/- (अक्षरुपी तीन हजार पाँच सय मात्र सहायक प्रशिक्षकको लागि) रु. ३,०००/- (अक्षरुपी तीन हजार मात्र प्रशिक्षण सहायकको लागि)
विज्ञापन प्रकाशित मितिः
२०७१।०४।१२
दरखास्त दिने अन्तिम मिति २०७१।०४।२६ (विद्यालय समय भित्र)
सम्पर्क मितिः
२०७९/०४/२९ (विद्यालय समय भित्र)