वि.सं.२०८१ असार २ आइतवार

अपडेट : गोठाटारमा गोली प्रहारबाट घाइते भएका मोहम्मद गार्मेन्ट सञ्चालक भएको पुष्टि

काठमाडाैं गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्ति गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ ।

याे पनि….

काठमाडाैं गोली काण्ड अपडेट : घाइतेको पहिचान खुल्यो, अपराधी फरार

काठमाडौंमा संविधान दिवस कै दिन ४ राउण्ड गोली चल्याे

सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् ।

घाइतेलाई टिचिङ अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ ।

दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको छ ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले गोली प्रहारमा संलग्नको खोजी कार्य तीव्र बनाएको छ ।