वि.सं.२०८१ साउन ४ शुक्रवार

काठमाडौंमा संविधान दिवस कै दिन ४ राउण्ड गोली चल्याे

संविधान दिवस कै दिन काठमाडौंको गोठाटारमा गोली चलेको छ ।

गोली लागेर एक जना घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।