बझाङको श्री महेश्वरी माध्यमिक विद्यालय, खप्तडछान्ना ७, गडरायमा १४ वर्षदेखि नेपाली विषय पढाउँदै आएका कृष्ण बहादुर रोकायासँग वैध माध्यमिक तह अध्यापन अनुमतिपत्र नभएकाे तथ्य सार्वजनिक भएको छ।
स्रोतका अनुसार, रोकायाले १४ वर्षदेखि पलस्टुका विद्यार्थीहरूलाई नेपाली विषयमा अध्यापन गर्दै आएका छन्।
एक स्थानियले भने, “कुन आधारमा उनले १४ वर्षदेखि विद्यार्थीहरूलाई शिक्षा दिँदै आएका रहेछन्। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि यो विषयमा लामो समय चुप लागेर बस्नु भएको छ। यसले विद्यालयको शैक्षिक स्तरमा समेत प्रतिकूल प्रभाव पार्न सक्ने उनकाे भनाई रहेकाे छ।”
विद्यालय प्राध्यापक तुलसी प्रसाद जोशीका अनुसार, रोकायासँग अस्थायी अनुमतिपत्र रहेको कुरा उनले जानकारी दिएका थिए। तर रोकायाले भने, “अनले विगत १४ वर्षदेखि अस्थायी लाईसेन्स र राजनीतिक पावरको आधारमा नै पढाउँदै आएका छन्।”
यस घटनालाई गम्भीर रुपमा लिएर सत्ता र शक्तिका आडमा शिक्षक दरबन्दी चाहिँ पहिले नै भएको प्रस्ट छ साथै यस बिषयमा नक्कली शैक्षिक प्रमाणपत्रको छानबिन गर्न स्थानीयहरूले माग गरेका छन् ।
विज्ञापन नं. ४३/०८२/८३ माध्यमिक तह, अध्यापन अनुमतिपत्र लाईसेन्स रोकायाले अहिले प्राप्त गरेको प्रष्ट उल्लिखित नतिजामा देखिन्छ ।
तर राकायाले भने विगत १४ वर्ष देखि अस्थायी लाईसेन्स र राजनीतिक पावरको आधारमा पढाई रहेनु भएको छ।
यस बिषयमा शिक्षा विकास तथा समन्वय इकाईलाई बारम्बार 9849002808/092421056 मा टेलिफाेन सम्पर्क गर्दा फाेन भने उठाएकाे छैन । अब शिक्षा विकास तथा समन्वय इकाईले उनलाई कार्वाही गर्छ कि गर्दैन हेर्न बाकी छ ।



























