वि.सं.२०८२ मंसिर २ मंगलवार

प्रहरीले हटायो घुमुवा, टिम नै जिम्मेवारीमुक्त

कैलाली प्रहरीले सादा पोसाकमा खटाइएका प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ।

सादा पोसाकमा खटिने घुमुवा टोली विभिन्न विवादमा मुछिन थालेपछि हटाइएको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार सिंहका अनुसार सई गजेन्द्र चन्द नेतृत्वको सादा पोसाकको घुमुवा टोलीलाई हटाइएको हो।

यस अगाडिका एसपी बाल नरसिंह राणाको कार्यकालमा सो घुमुवा टोली निकै विवादित बनेकोमा अहिले आएका नयाँ एसपी नरेन्द्र बहादुर चन्दले टोली नै हटाएका हुन्।

घुमुवाका नाममा टोलीले असुली र बार्गेनिङ र संस्थागत तस्करी गर्ने गरेको आरोप लाग्दै आएको थियो।

याे पनि पढ्नुहाेस्…

‘सुरक्षाको नाममा असुरक्षा’ : बझाङमा घुमुवा प्रहरीको हप्ता आतंक