वि.सं.२०८१ असोज २६ शनिवार

‘हनी ट्रयाप’काे मुद्दामा ओखलढुङ्गा घर भएकी महिलालाई दोषी ठहर

महिलालाई ६ महिना कैद, ७ लाख रुपैयाँ बिगो र ५ हजार जरिवाना

‘हनी ट्रयाप’ गरेको आरोप लागेकी ओखलढुङ्गा स्थायी ठेगाना भएकी एक महिलालाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले ‘हनी ट्रयाप’को कसुरमा थुनामा रहेकी देवी थापा र  सुदर्शन सापकोटालाई दोषी ठहर गरेको हो ।

अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न देवी थापालाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको समेत फैसला भएको छ । थापाबाट पीडितलाई ७ लाख बिगो भराउने फैसलासमेत भएको छ ।

अर्का प्रतिवादी सुदर्शन सापकोटालाई ७ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तथा पीडितलाई २ लाख बिगो भराउने फैसला भएको हो ।

काठमाडौं जिल्ला अदालतमा २०७८ मंसिर ६ गते दर्ता भएको ‘हनी ट्रयाप’को मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो ।

सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुंगा माइती भएकी देवी थापालाई यसअघि काठमाडौं जिल्ला अदालतले ३ लाख ५० हजार रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको थियो । थापाले धरौटी बुझाएपनि अन्य मुद्दामा दोषी ठहर भएपनि उनी जेलमै थिइन् ।

एक प्रहरी अधिककृतलाई ‘हनी ट्रयाप’मा पारी १७ लाख रकम असुल गरेपछि देवी थापा र सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

थापाले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुङ्गाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ लिएकी थिइन् ।

 

‘हनी ट्रयाप’बारे थप समाचार

कांग्रेस नेता बानियाँको हनीट्रयाप काण्ड : सेटल गर्न करोडको चलखेल