‘प्युबिक हेयर’ अर्थात् महिलाको योनीमा हुने रौं काट्ने र सो स्थानलाई रौंरहित बनाउने चलन विश्वभर फेसन नै बनेको छ।
तर शरीरका अन्य अंगजस्तै महिलाका गुप्तांगको रौंको पनि फाइदा छन्। रौं पलाउनुको कारण छ र त त्यो त्यहाँ छ।
भारतस्थित एपोल्लो स्पेक्ट्रा हस्पिटलकी स्त्री रोग विशेषज्ञ डाक्टर सिभानी सब्रवालले हेल्थसट्स डटकमसँगको अन्तर्वार्तामा योनीको रौं काट्नमा भन्दा नकाट्नमै फाइदा भएको बताउँछिन्।
यस्तो छ डाक्टर सब्रवालले उल्लेख गरेको पाँच बुँदा…
१. यौन परिपक्वताको संकेत
महिलाको यौवनको सुरुवातसँगै उनीहरुको यौनांगमा रौंहरु पलाउँछन्। यसको अर्थ उनीहरु यौनका लागि परिपक्व हुन्छन् र बच्चा जन्माउने अवस्थामा पुग्छन्।
गुप्तांगमा पलाएका रौंहरुको प्राकृतिक फाइदाहरु छन्। यसले तपाइँको गुप्तांगलाई सुरक्षा प्रदान गर्दछ।
२. सुरक्षा
महिलाको योनी निकै नै संवेदनशील छालाले घेरिएको हुन्छ। यहाँको भाग शरीरका अन्य भागभन्दा निकै संवेदनशील मानिन्छ।
योनीमा हुने रौंले ब्याक्टेरिया लगायतका किटाणु र जिवाणुलाई रोक्छ र योनीलाई सुरक्षा प्रदान गर्दछ। यदी सो क्षेत्रका रौं काटिए घाउ तथा खटिराजस्ता समस्या देखा पर्नसक्छ।
नचाहिँदा विकार वस्तुलाई रौंले रोकिदिने हुनाले यो निकै महत्वपूर्ण मानिन्छ।
३. गुप्तांगको कवच
महिलाको यौनांग संवेदनशिल हुनेहुँदा यसलाई निकै सफा र सुरक्षित राख्नुपर्छ। गुप्तांगलाई तातो र चिसो प्रदान गर्न पनि रौंले भूमिका खेलेको हुन्छ।
रौंले योनीको छालालाई सुख्खा हुनबाट जोगाउँछ।
४. फर्मोन फैल्याउँछ
फर्मोन्स त्यस्तो गन्ध हो जसले यौन साथीलाई आकर्षिक गर्छ जुन रौंंले प्रदान गर्दछ।
रौंको घनत्वअनुसार त्यस्तो गन्ध महिलामा हुने विज्ञको भनाइ छ। यस्ता गन्धका कारण पुरुषहरु आकर्षित हुने भएकाले यौन जीवन थप सुखमय हुन्छ।
५. घर्षणमा कमी
यौन सम्पर्कगर्दा हुने घर्षणलाई महिलाको रौंले कम गर्छ।
रौंनै छैन भने पुरुष र महिलाको छालाबीच घर्षण हुन्छ जसले पोल्ने र दुख्ने समस्या देखापर्छ।
महिलाले लुगा लगाउँदा समेत रौंले योनीलाई बचाउँछ। योनीलाई सरसफाइ भने गरिरहनुपर्छ।