वि.सं.२०८१ असार १ शनिवार

 बरामद गरेको लाखौको चिनी एसपीकै मिलेमतोमा प्रहरी कार्यालयबाटै गायब

करिव साढे १५ लाख मूल्यको सामान बरामद भएपछि सशस्त्र प्रहरीबाट गायव

प्रहरीमा यतीसम्म बेथिती बढेको छ कि बरामद भएका सामान नै गायब हुन थालेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको करिब नौ सय किलो चिनी कार्यालयबाटै गायब भएको छ ।

एसपीकै मिलेमतोमा चिनी हराएको प्रहरी अधिकारीले बताएका छन् । जून घटनामा प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ । गत ८ भदौमा प्रहरीले ५० किलोका १८ बोरा चिनी बरामद गरेको थियो । जून चिनी प्रहरी कार्यालयमा पनि छैन भने भन्सारमा पनि बुझाइएको छैन ।

सइ मदन धामी नेतृत्वको प्रहरीले चिनी बरामद गरेको र एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा गायब बनाएको आरोप लागेको छ ।

प्रारम्भिक छानबिनमा प्रहरी लापरबाही देखिएपछि सुदुरपश्च्मि प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले एसपी राठौरसँग स्पष्टिकरण सोधेका छन् ।

छानबिन सुरु भएपछि भन्सारमा चिनी बुझाएको विवरण तयार पार्न चलखेल भइरहेको स्रोत बताउँछ ।

यस्तै झापामा भन्सार छलेर भारतबाट भित्र्याएको करिव साढे १५ लाख मूल्यको सामान बरामद भएपछि सशस्त्र प्रहरीबाट गायव पारिएको छ ।

यो घटना श्रावण ९ गतेको हो, सशस्त्र प्रहरीले बीआर ५० एच ६०८३ नम्बरको भारतीय कारसहित १५ लाख ४५ हजार ८१८ मुल्य बराबरको स्टेशनरी सामग्री बरामद गरेको थियो ।

नेपाल भारत सीमा नाकामा परिचालित शसस्त्र प्रहरीले अवैध रुपमा भारतबाट नेपाल ल्याइएका सामान बरामद गरेर भन्सार दाखिला नगरी गायव पारेको प्रमाण फेला परेकाे छ ।