वि.सं.२०८१ असोज २६ शनिवार

भर्चुअल यौन सम्बन्धको प्रस्ताव, २ सय पुरुषलाई ठगिन् यि युवतीले..!

भिडियो कलमार्फत यौन आनन्द

१५ साउन साँझ ५ बजे धनगढीका प्रेम चौधरी (नाम परिवर्तित) को फेसबुकमा काभ्या भट्ट नाम भएको युजरबाट फ्रेन्ड्स रिक्वेस्ट आयो । प्रोफाइलमा सुन्दर युवतीको मुस्कानसहितको तस्बिर थियो । प्रेमले रिक्वेट्स स्वीकार गरे ।

लगत्तै प्रेमलाई फेसबुकमै हाइ भन्ने म्यासेज आउँछ । उनले हेलो भनेर रिप्लाई गर्छन् । कुरा अगाडि बढ्दै गएपछि युवतीले एउटा प्रेमसँग एउटा प्रस्ताव राखिन् । युवतीको प्रस्ताव थियो ‘भर्चुअल यौन आनन्द’ दिने ।

युवतीको प्रतिक्रिया थियो, ‘भिडियो कलमार्फत यौन आनन्द दिने ।’ प्रेमलाई युवतीको प्रस्ताव अनौठो लागेपछि थप जिज्ञासा राखे । युवतीले प्रतिक्रिया जनाउँछिन्, ‘इसेवामा ५०० रुपैयाँ पठाउनुस्, भिडियो कल गरेर यौन आनन्द दिन्छु ।’ प्रेमले भने, ‘ती युवतीले आफ्ना यौन अंग देखाएर यौन उत्कर्षमा पुर्याउँछु भनिन् । साँझको बेला थियो मैले पनि अरु केही सोच्न सकिन हुन्छ भनेर भने ।’

त्यसपछि युवतीले ९८१४६७९७४७ नम्बर भएको इसेवा आइडीमा पैसा जम्मा गर्न भन्छिन् । यौन सन्तुष्टि पूरा गर्ने आशामा प्रेमले तत्काल इसेवामा पैसा पठाइ दिन्छन् । पैसा पठाएपछि युवतीलाई भिडियो कल गर्छन् । युवतीले कल रिसिभ गरिनन् । बरु प्रेम आफैं युवतीको फेसबुकको कालोसूचीमा परे । उनी भन्छन्, ‘मलाई ब्ल्याक लिस्टमा राखेपछि ठगिएको थाहा भयो ।’

२६ साउनमा बैतडीका श्याम भट्ट (नाम परिवर्तित) को फेसबुकमा पनि तिनै काभ्या भट्टको फ्रेन्ड्स रिक्वेट्स आउँछ । भट्ट थर देखेपछि कोही चिनजानकै होला भनेर फ्रेन्ड्स रिक्वेट्स स्वीकार गरेको उनी बताउँछन् । युवतीलाई श्यामले नै हेलो भनेर म्यासेज पठाउँछन् ।

कुराकानी अगाडि बढ्दै गएपछि युवतीले भर्चुअल यौन सम्बन्ध प्रस्ताव राख्छिन् । श्यामलाई काभ्या भट्ट नाम भएको फेसबुक युजर युवती होकि होइन भन्ने निश्चित नभएको हुँदा म्यासेन्जरमा भ्वाइसकल गर्छन् । उताबाट कल रिसिभ हुन्छ र युवतीले नै ‘म केटी नै होके पागल’ भनेर फोन काट्छिन् ।

युवतीले म्यासेन्जरमा भिडियो कल गरेर आफ्ना सम्पूर्ण यौन अंग प्रदर्शन गरी यौन सन्तुष्टि दिने भनेपछि श्यामले युवतीको प्रस्ताव स्वीकार गर्छन् । युवतीले काजल भट्टको नाममा रहेको ९८१४६७९७४७ इसेवा आइडीमा ५०० पठाउन भन्छिन् ।

श्यामले इसेवा मार्फत पैसा पठाएछि युवतीले म्यासेज नै फर्काउँदिनन् बरु उल्टै थप ५०० रुपैयाँ पठाउन अनुरोध गर्छिन् । श्याम भन्छन्, ‘मैले थप पैसा नपठाउने भनेपछि मलाई फेसबुकमा ब्लक गरिन् ।’

यसबारेमा इसेवाका प्रतिनिधिसँग बुझ्दा काजल भट्टको नाममा दर्ता भएको उक्त इसेवाबाट एक सयदेखि ५ सय सम्मका कारोबार भएका छन् । २ सयभन्दा बढी पटक ट्रान्जेक्सन भएको अर्थात् २ सयभन्दा बढी व्यक्तिबाट पैसा असुल गरेको देखिएको छ ।