कतारमा आयोजित विश्व कप २०२२ मा तेस्रो पत्रकारको निधन भएको छ ।
आइटिभी स्पोर्टका प्राविधिक निर्देशक रजर पियर्सको निधन भएको हो । यसअघि कतारी फोटोपत्रकार खालिद अल–मिस्लाम र अमेरिकाका फुटबल पत्रकार ग्रान्ट वाहलको निधन भइसकेको छ ।
रजरको नोभेम्बर २१ मा निधन भएको थियो र वेल्स–यूएसएको खेल अघि आइटिभीको आफ्नै प्रसारणमा यसबारे घोषणा गरिएको थियो ।
प्रस्तोता मार्क पोगाचले भने, ‘कतारबाट यहाँहरुका लागि निकै दुःखको कुरा छ, हाम्रा प्राविधिकि निर्देशक रोजर पियर्सको निधन भएको छ ।
उनी आफ्नो आठौँ विश्वकपका लागि यहाँ आएका थिए । रोजर खेलकुद प्रसारण उद्योगमा एक उच्च सम्मानित व्यक्तित्व थिए । उनको मुहारमा सधैँ हाँसो हुने गर्दथ्यो जसले तपाईंको अनुहारमा पनि मुस्कान ल्याइदिन्थ्यो ।’