वि.सं.२०८१ साउन १० बिहीवार

थप ७ वटा मुद्दाको पुनरावेदनमा गयो अख्तियार (विज्ञप्तिसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ७ वटा मुद्दाको पुनरावेदनमा गएको छ ।

यसअघि पनि विशेष अदालतको फैसलाउपर चित्त नबुझाएर पुनरावेदनमा गएको अख्तियार बुधबार थप ७ मुद्दा बोकेर सर्वोच्च अदालत पुगेको हो ।

राजस्व चुहावट, सार्वजनिक सम्पत्ति हानि नोक्सी र घुस रिसवतसम्बन्धी ७ वटा मुद्दा आयोगको निर्णयअनुसार बुधबार सर्वोच्चमा पुनरावेदन गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।