सिटी एक्सप्रेस मनि ट्रान्सफरले हुण्डी कारोबारबाट देशमाथि करिव १० करोड रुपैयाँ बराबरको कर छली गरेको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले विभिन्न देशका विभिन्न ठाउँबाट रेमिट्यान्स पठाउँदा अन्तर्राष्टिय मुद्राहरूबाट राज्यलाई कर छली गरेको हो ।
४ बर्षको अवधिमा उक्त कम्पनीले करिव ९० अर्ब रुपैयाँ हुण्डीबाट भित्राएको छ । हुण्डीबाट विदेशी रकम ल्याउँदा विदेशी मुद्रा आउँदैन । विदेशी मुद्रा विदेशमै अपचदनमा राख्नु वित्तीय अपराध मानिन्छ । यसमाथि आन्तररिक राजश्व कार्यालयले छानविन गर्नु पर्नेछ, तर अहिले सम्म भने आन्तररिक राजश्व पनि चुपचाप बसेकाे छ ।
छानविनमा दोषी ठहर भए यसका अध्यक्ष चन्द्र टन्डनमाथि बेंकिड कसुर लाग्ने छ । उनी हाल रेमिटर्स एशोसियसनको अध्यक्ष समेत हुन् । हुण्डी कारोबारबाट आउने कमिशन धेरै हुन्छ । त्यसमाथि विदेशी डलर अपचलन गर्दा नेपलकै पैसा नेपाल भित्र खेलाउने र विदेशी पैसा विदेशमै थन्काउने काम गर्न मिल्छ ।
यसरी कारोबार गर्दा राज्यलाई कर तिर्नु पर्देन । उसको ९० अर्ब हुण्डीको राजश्व मात्रै करिव १० करोड हुन आउँछ । उक्त रकम राज्यको कोषमा दाखिला भएको देखिँदैन ।
हुण्डीमार्फत स्वदेशमा रकम त भित्रिएको छ तर त्यसको हिस्सा देशको ढुकुटीमा नगई दलालको हातमा मात्रै सिमित भएको छ सँगै विदेशमा बगाएको पसिनाको मूल्यसमेत जोखिममा पर्ने गरेको छ ।