प्रभु बैंक लिमिटेडबाट जानकी मेडिकल कलेजमा प्रवाह गरिएको अर्बौँ रुपैयाँ कर्जा अपचलन प्रकरणमा अनुसन्धान तीव्र बनेको छ ।
‘प्रभु प्रकरण’-९ : रेमिट्यान्स प्रमुख शाक्य पक्राउ, १ अर्ब बढी घोटालाको आरोप
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बैंकका निवर्तमान कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित सञ्चालक र उच्च तहका कर्मचारीहरूलाई बयानका लागि बोलाएको हो ।
‘प्रभु प्रकरण’ भाग-३ : शेरचनले जलाए ससुराकाे जानकी कलेजलाई दिएको ऋणका कागजात
सिआईबी स्रोतका अनुसार, बैंकबाट प्रवाह गरिएको कर्जामा अनियमितता, प्रक्रिया मिचिएको आशंका तथा कर्जा दुरुपयोगबारे गम्भीर अनुसन्धान अघि बढाएको छ ।
सोही क्रममा बैंकका पूर्व तथा बहालवाला सञ्चालक, उच्च अधिकारी र कर्मचारी गरी झन्डै दुई दर्जन जनालाई उपस्थित हुन निर्देशन दिएको हाे।
बयानका लागि बोलाइएकामध्ये निवर्तमान कावा सीईओ निरज लम्सालसहित अम्बिका शर्मा लामिछाने, विकास शाक्य, दक्ष पौडेल, कुसुम लामा, पुष्पबहादुर प्रधान, रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र अन्जु अधिकारी रहेका छन् ।
त्यस्तै, बैंकका पूर्व सिनियर कर्मचारी तथा हाल कार्यरत उच्च कर्मचारीहरू भेषराज खतिवडा, पूर्ण गुरुङ, प्रतीक भट्टचन, दिनेश डंगोल, प्रकाश बराल, सुरेश कंडेल, भावना खनाल र राजकुमार न्यौपानेलाई समेत सिआईबीले बयानका लागि बोलाएको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार, जानकी मेडिकल कलेजमा प्रवाह गरिएको कर्जाको प्रक्रिया, धितो मूल्यांकन, रकम उपयोग र बैंकिङ मापदण्ड पालना भए/नभएको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।
प्रकरणमा थप व्यक्तिहरूमाथि समेत अनुसन्धानको दायरा विस्तार हुन सक्ने सिआईबी स्रोतले जनाएको छ ।






























