वि.सं.२०८३ वैशाख ११ शुक्रवार

पूर्वमिस नेपाल खड्गीकाे नक्कली शैक्षिक प्रमाणपत्र भेटियो (प्रमाणसहित)

पूर्वमिस नेपाल उषा खड्गीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको भेटिएको छ।

गोप्य स्रोतका अनुसार भारतको उत्तर प्रदेशस्थित बोर्ड अफ हाई स्कूल एण्ड इण्टरमिडिएट एजुकेशन बाट कक्षा १० को नक्कली प्रमाणपत्र भेटिएको हाे ।

सन् १९९३ तिर उक्त प्रमाणपत्र तयार पारिएको उल्लेख गरिएको छ।

उषा खड्गी सन् २००० मा आयोजित मिस नेपाल प्रतियोगिताकी विजेता हुन्। त्यसअघि उनले सन् १९९९ मा मिस पोखरा र सन् २००० मा मिस वीरगञ्ज प्रतियोगितामा पनि पहिलो उपविजेता हासिल गरेकी थिइन्।

व्यक्तिगत जीवनमा उनले नेपाल टेलिभिजनका पूर्व प्रस्तोता जिपी तिमिल्सिनासँग विवाह गरेकी थिइन्। पछि घरेलु हिंसा तथा मानसिक यातनाको आरोप लगाउँदै उनले २०७६ सालमा सम्बन्ध विच्छेद गरेकी थिइन्।

उनी दुई सन्तानकी आमा हुन् र पछिल्लो समय फिल्म क्षेत्रमा पनि सक्रिय देखिएकी थिइन्।

स्राेतका अनुसार यदि नक्कली शैक्षिक प्रमाणपत्र  प्रमाणित भएमा यो कागजात जालसाजी (Forgery) अन्तर्गत गम्भीर फौजदारी मुद्दा लाग्ने बताएको छ।

मुलुकी अपराध संहिता अनुसार ” झुट्टा वा नक्कली कागजात तयार पार्नु, प्रयोग गर्नु वा गराउनु दण्डनीय अपराध हो।”

यसका साथै, नक्कली प्रमाणपत्रको प्रयोग गरी अवसर, पद वा मान्यता हासिल गरिएको ठहरिएमा सम्बन्धित उपलब्धि वा मान्यतासमेत खारेज हुन सक्ने कानुनी आधार रहने स्राेतकाे भनाइ छ।