यो कस्तो संयोग नाम पनि उस्तै
सहकारी ठगीमा रबि र छवि !
देशमा भ्रष्टाचार मुक्त बनाउन्छु भन्नेले
आफै यसरी बेसरी कुम्ल्याउने भएपछि !!
पेसागत ब्यापार भनौं भने रास्ट्रसेवक कर्मचारी
चौथो अङ्ग भनिने पत्रकारसँग यति धेरै सम्पत्ति !!
खै अमेरिका पनि बसे अरे नागरिकता पनि लिए
नेपाल जस्तो विकासोन्मुख देश फर्की बसे अरे !!
पासपोर्ट देखि नागरिकता सम्म मुद्दा लाग्यो अरे
जस्तो भएपनी नेपाली हुन फेरि नागरिकता पाए अरे!!
शिक्षा चाहिदैन यहाँ राजनीतिमा आउन अरे
तै पनि उपप्रधानमन्त्री देखी गृहमन्त्री सम्म बने !!
श्रीमती पनि कस्तो पाए सुन बुढी भन्न मिल्ने
उता उषा र छोरिहरु रुदैछिन रे घरको लिलामपछि !!
कस्तो बन्यो न्याय कानुन पनि स्वर्थले घेरिएको
सर्बोच्चको न्यायाधीश पनि कोहि पार्टी पङ्तिको !!
खै कसरी पाउछन् रबिले न्याय सबैको आफनै भए पछि
भर्खर जन्मिएको उनको पार्टी सरकार बाहिर भए पछि !!
एउटा आसा अनि भरोसा दिलाएको थिए जनताको सामु
आफै भित्र पसिहाले भरोसा कसको र कहाँ गर्नु !!
आफू सरकारमा हुँदा हिम्मतका साथ भन्ने गर्थे
कोहिन कोहि त जेल जानै पर्छ सुरुवात म बाट गरौं !!
गिरिबन्दु यति ओम्नि ह्वाइटबडि शरणार्थी जस्तो पनि
सक्छौं भने देखाउनु एउटा रास्ट्रसेवक सपूत बनी!!
देशै बेच्ने र चैइन भएर पनि बेचन झा जस्तो पनि
अब रमाउन सबै सहकारी पीडित र भुटानी शरणार्थी पनि !!
थप






























