वि.सं.२०८२ पुस २९ मंगलवार

इमेज सहकारी ठगी प्रकरण : मेयर देवकुमार नेपालीलाई कास्की ल्याइयो

इमेज सहकारी ठगी प्रकरणमा मुछिएका बागलुङकाे ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्कीकाे पोखरामा ल्याइएको छ ।

नेपालीविरुद्ध पोखरामा पनि बचतकर्ताले जाहेरी दिएका थिए ।

नेपालीलाई आजै पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

पोखरामा रहेको इमेज सहकारीमार्फत झन्डै ६८ करोड ठगीको आरोप लागेकाले थप अनुसन्धानको लागि नेपालीलाई पोखरा ल्याइएको हो ।

५२४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् । उनी अशोज ११ गते सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका थिए ।