दार्चुलास्थित महाकाली नगरपालिका–२ मुल्लाका सशस्त्र प्रहरी हवल्दार नरेशसिंह शाहुले सफाइ पाएका छन्।
News about More
- समाचार स्रोतको संरक्षणमा पत्रकार संवेदनशील नहुँदा फन्दामा हवल्दार, परिवारको बिजोग
- दार्चुलामा हवल्दारलाई जेल पठाउने एसपी त्रिभुवन विष्ट हेडक्वाटर तानिए
- यस्तो छ सशस्त्र प्रहरीमा रासन घोटालाको प्रमाण
- रासन घोटालाको सूचना दिने हवल्दारलाई सर्वश्वसहित जन्मकैद : एसपीलाई मस्त निन्द्रा
उनले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याएका थिए।
तर, गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको थियो। सशस्त्रको विशेषअदालतबाट सफाइ पाएर नरेश साहु भोलि घर फर्किन लागेको उनका वकिलले जानकारी दिएका छन्।
यता सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख, डिआइजी दुर्गाप्रसाद भट्टराइले पनि शाहुले बुधबार मात्रै विशेष अदालतबाट सफाइ पाएको बताएका छन्।
नरेश साहु विगत एक वर्षदेखि दार्चुलामा थिए। २०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए। तर, ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा उनी जेल पुगेका थिए। स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका नरेशले त्यहाँ भेटिएका एक स्थानीय पत्रकारलाई सशस्त्र प्रहरीभित्रको बेथितिबारे जानकारी दिएको बताइएको छ। सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि सुधार हुने आशा नरेशले आशा गरेका थिए।
जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ कारागार पठाइएकोमा परिवार निराश बनेको थियो।
४४ नम्बर गणका तत्कालिन गणपति सशस्त्र प्रहरी उपरीक्षक त्रिभुवन बिष्ट मातहतका सुरक्षाकर्मीलाई विदामा छाडेर रासनमा घोटला गरेको आरोप खेपिरहेका थिए। रासन काण्डमा हवल्दार शाहुलाई झुठो आरोप लगाइएको भन्दै विरोध भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट गणपति बिष्टको जिम्मेवारी खोसिएको थियो।




























