वि.सं.२०८० फागुन ११ शुक्रवार

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

एसपी मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् भने ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा जीप दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह छिन्। अन्यको परिचय खुलेको छैन ।