वि.सं.२०८१ असार १ शुक्रवार

काभ्रेमा २ मा ७० करोडको कथा सुनाएर भोट माग्ने गठबन्धनका उम्मेदवारलाई उत्तानो टाङ लगाएर निर्वाचित भए गोकुल

नेकपा एमालेका नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

मतपरिणामअनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे । अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए । ५५ हजार ५२६ मत ल्याएका उनी धेरै मतान्तरसहित विजयी हुनेमा थिए । तर, यसपटक भने उनले कांग्रेस उम्मेदवारसँग निकै प्रतिस्पर्धा गर्नुपरेको छ ।