काठमाडौँको जडिबुटीस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका एक हाकिमलाई यौन हिंसा गरेको आरोप लागेको छ ।
कम्पनीमा कार्यरत महिलाले कम्पनीका सुपरभाइजरलाई यौन हिँसाको आरोप लगाएका हुन्।
सुपरभाइजरले आफूहरुमाथि पटक–पटक यौन हिंसा लगायत अन्य हिंसा गरेको भन्दै कम्पनीमा कार्यरत महिला तथा केही पुरुष समेतले कम्पनीका महाप्रबन्धकलाई पत्र लेखेका छन् ।
न्याय पाउँदै भन्दै लेखिएको पत्रमा सुपरभाइजरले यौन दुर्व्यवहार गरेको विषयमा पटक–पटक विभिन्न निकायमा उजुरी गर्दा पनि सुनावाइ नभएको गुनासो महिलाहरुले गरेका छन् ।