नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् महेन्द्रनगर, कञ्चनपुरले ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने तयारी पूरा गरेको जनाएको छ।
“एकता, पहिचान र अधिकारका लागि, आदिवासी हाम्रो गौरव, हाम्रो शान” भन्ने मूल नाराका साथ २०८३ साल श्रावण २४ गते (९ अगस्ट २०२६) महेन्द्रनगरमा कार्यक्रम आयोजना गरिने आयोजकले जनाएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि सामाजिक बिकास मन्त्री माननीय बेलबहादुर रानामगर टुंग्याएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका अध्यक्ष बिकास श्रेष्ठले जनाएका छन
बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा बजार प्रदर्शनी, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, बौद्धिक कार्यक्रम, आदिवासी जनप्रतिनिधिहरूको सम्बोधन तथा सांस्कृतिक साँझ लगायतका विविध कार्यक्रम समावेश गरिएका छन्।
आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, पहिचान तथा अधिकार संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष विश्व आदिवासी दिवस मनाइँदै आएको छ।
यस वर्ष पनि कञ्चनपुरमा विभिन्न जातजातिको सहभागितामा दिवसलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजकले जनाएको हाे।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् महेन्द्रनगर, कञ्चनपुरले सम्पूर्ण आदिवासी जनजाति समुदाय, विभिन्न संघसंस्था, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई दिवसलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।































