काठमाडाैं । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनेको भन्दै गरिएको प्रचार असत्य रहेको बताएको छ ।
प्रहरी प्रवक्ता विनोद घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै यसरी गरिएको प्रचारमा सत्यता नरहेको स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई सुरक्षा अवस्थाबारे ब्रिफिङ भने गरिएको जानकारी दिएका छन् ।