वि.सं.२०८२ पुस २८ सोमवार

ऐन महर दम्पती १-१ लाखमा छुटे

एमाले नेता ऐन महरकी श्रीमती १ लाख धरौटीमा छुटेकी छन्।

विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुर गरेको भन्दै अनुजा श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले १ लाख धरौटी माग गरेको हो।

सोही कसुरमा ऐन महर हिजो १ लाख धरौटीमा छुटेका थिए ।

महर दम्पतीविरुद्ध रश्मिला धामीले विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्।

एमाले नेता ऐन १ लाख धरौटीमा रिहा, उनकी श्रीमती पक्राउ

 

सोही कसुरमा पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार थिए।