काठमाडौं । एमाले नेता ऐन महर १ लाख धरौटीमा छुटेका छन्।
विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुर गरेको भन्दै महरविरुद्ध जिल्ला अदालत काठमाडौंले १ लाख धरौटी माग गरेको हो।
सोही कसुरमा महरकी श्रीमती अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएका प्रहरीले पक्राउ गरेको छ।
महरदम्पतीविरुद्ध रश्मिला धामीले विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुरमा साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्।
सोही कसुरमा पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार थिए।
अदालतमा दर्ता भएको सोही मुद्दामा आज पेसी थियो।

थुनछेक बहसका क्रममा महरका लागि धरौटी माग भयो। तर, श्रेष्ठको सम्बन्धमा भने बहस नसकिएपछि उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए।





























