महोत्तरीको भंगहा नगरपालिकाका एक मिटरब्याजीले आफु विरुद्ध उजुरी दिएको भन्दै पिडितको घर मै गएर ज्यान मार्ने धम्की दिएका छन् । सरकारले मिटरब्याजी विरुद्ध अनुसन्धान गर्न कार्यदल नै गठन गरेर पीडितलाई प्रमाणसहित उजुरी गर्न सूचना निकालेको थियो। भदौ ५ भित्र प्रमाणसहित उजुरीका लागि कार्यदलले आग्रह गरेको छ।
कार्यदलको सुचना अनुसार भंगहा नगरपालिकाका पिडितले मिटरब्याजी रघुबिर साह लगायतका विरुद्ध उजुरी दिएका थिए । स्राेतबाट प्राप्त एक भिडियो अनुसार मिटरब्याजी रघुबिर साहले पिडित रामबाबु साहलाई कुटपिट गर्ने र ज्यान नै मार्नेसम्मको धम्की दिएका छन् । मिटरब्याजीले आफुलाई प्रधानमन्त्री नै आए पनि केहि गर्न नसक्ने भन्दै उजुरी फिर्ताका लागि दबाब दिएका छन् ।
पिडितले भने आफ्नो जिउधनको सुरक्षाको माग गरेका छन् । मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि आर्थिक शोषण गर्दै आएका छन्।
आर्थिक अपराधीहरूलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रक्रिया चलिरहे पनि अझै धेरै पीडितहरूले आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारको लागि पहल गर्न नसकेको पिडितको गुनासो छ।
https://fb.watch/eXjFcc40gD/
https://www.facebook.com/khaptadtv/videos/795621315217539