वि.सं.२०८१ असार १ शनिवार

बाघ भैरव सहकारी सञ्चालक श्रेष्ठ जबरजस्ती करणी अभियोगमा पक्राउ

कीर्तिपुर नगरपालिकामा रहेको बाघ भैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालक समितिका एक सदस्यलाई जबरजस्ती करणी प्रयासको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

यो पनि…

गत बिहिबार कीर्तिपुरमा उनले सञ्चालन गर्दै आएको एक पसलमा ग्राहककारुपमा आएकी युवतीमाथि जबरजस्ती करणीको प्रयास गरेको उजुरी आधारमा प्रहरीले पक्राउ गरेको हो।

डीएसपी राजु लामाका अनुसार आइतबार मात्रै ५ दिनको म्याद थपगरि अनुसन्धान भइरहेको बताए ।

पसलमा आएकी एक युवतीलाई सहकारी सञ्चालक समिति सदस्य दिलकण्ठ श्रेष्ठले पसलमा कोहि नभएको मौका पारेर जबरजस्तीको प्रयास गरेका थिए ।

अहिले श्रेष्ठलाई छुटाउन राजनीतिक दवाव र आर्थिक प्रलोभन देखाएको पिडित युवतीका आफन्तले जनाएका छन् ।

युवतीलाई स्थानीय र राजनीतिक आवद्धताको आडमा दवाव दिदै आएको स्रोतले बताएको छ ।

पीडित युवतीले स्थानीय एक कानुन व्यवसायीमार्फत सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन आग्रह गरेको बुझीएको छ । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेकाले पिडकलाई छुटाउन कुनै त्यस्तो राजनीतिक दवाव नआएको दावी गरेको छ ।

कीर्तिपुर प्रहरी प्रमुख डीएसपी लामाले घटनाको उजुरी परे लगत्तै पक्राउ गरि अनुसन्धान अघि बढाएकाले आवश्यक कारबाहि हुने बताए।

घटना भएको एक साता पुग्नै लाग्दा पनि घटनाको विषयमा प्रहरीले भने केहि खुलाएको छैन।