बझाङको छबिसपाथिभेरा गाउँपालिका वडानं ७ को सुर्मा आधारभुत विद्यालयमा करिब २ वर्षदेखि खेताला शिक्षक राखिएको भेटिएको छ ।
आधारभुत तहमा एक महिला शिक्षकले विगत २ वर्षदेखि खेताला शिक्षक राखेको भेटिएको हो ।
सरकारले खेताला शिक्षक राख्न नपाउने निर्देशन गरेपनि छबिसपाथिभेरा गाउँपालिकामा भने अझै खेताला शिक्षक भेटिन्छन् । एक महिला शिक्षकको सट्टामा हाल उनका श्रीमानले पढाइरहेको भेटिएको हो ।
यस बारेमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र कठायतले सम्बन्धित शिक्षक हाजिर नभए कारबाही हुने जानकारी दिएका छन् ।
१५ गतेभित्र ती महिला शिक्षक हाजिर नभए थप कारबाही गरिने जानकारी कठायतले दिए ।