वि.सं.२०८१ साउन ४ शुक्रवार

छालाजुत्ता उद्योगको जग्गा हडप्ने व्यवसायी चौधरी प*क्रा*उ

काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको जनाएकाे हो । चौधरीसँगै बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष अजितनारायण थापा पनि पक्राउ परेका छन् ।

थापालाई बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको हो ।  चौधरी र अजितनारायण लगायतले २०४२ सालदेखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समितिको निर्णयको आधारमा मिलेमतोमा हडपेको आरोप लागेको छ ।