वि.सं.२०८१ असोज १ मंगलवार

राजनीतिक सहभागिताको अधिकार सुनिश्चितका लागि ध्यानाकर्षण पत्र बुझाइयो

अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीतामा विहिबार अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वावलम्बन जीवनपद्ती केन्द्र काठमाडौंले निर्वाचन आयोग नेपालका आयुक्त दिनेश थपलियालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वावलम्बन जीवनपद्ती केन्द्र काठमाडौंका अधयक्ष टेक बहादुर गुरुङ्गले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागीताको अधिकार सुनिश्चितका लागि अपाङ्गता भएका व्यक्तिहरुका विभिन्न सवालहरु समावेश गरिएको ध्यानकर्षण पत्र पढेर सुनाउदै निर्वाचन आयोग नेपालका आयुक्त दिनेश थपलियालाई हस्तान्त्रण गर्नु भयो ।

सो ध्यानकर्षण पत्र बुझ्दै निर्वाचन आयोग नेपालका आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले बनाउने नीति, नियम, कार्यविधि, निर्देशिका तथा नियमावलीहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्ने, अपाङ्गता भएका व्यक्तिहरु तथा महिलाहरुका सवालहरु समावेश गर्ने, अब आउने निर्वाचनका लागि सरकारी विद्यालयहरुमा १ सय वटा अपाङ्गता मैत्री नमूना मतदान केन्द्र बनाउने बताउनु भयो ।

उक्त कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले निर्वाचन सम्बन्धी ऐन फरक क्षमता भन्ने वाक्यलाई हटाएर अपाङ्गता भएका व्यक्तिहरु राख्नु पर्ने भन्दै निर्वाचन आयोगले सञचालन गर्ने तालिमहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहभागी गराउनु पर्ने, पर्यवेक्षकको रुपमा काम गर्ने अवसरको सृजना गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

सो कार्यक्रममा नेपाल नेत्रहिन युवा संघका अध्यक्ष कलाधर भण्डारीले चुनावमा भोट दिने क्रममा दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको हकमा उनीहरुले इच्छाएके तथा एकाघरको व्यक्ति लैजान पाउने व्यवस्था गर्नु पर्ने बताउनु भएको थियो ।

त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले निर्वाचन प्रक्रियाका क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई अनिवार्य समावेशी उमेदवारीको व्यवस्था गर्नु पर्ने भन्दै महिला भित्र पनि अपाङ्गता भएका महिलाहरुलाघ ३३ प्रतिशत भित्र समावेश गर्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले राजनीतिक दलहरुले पनि अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई वेवास्ता गरेको भन्दै निर्वाचन आयवगका नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता सुनिश्चित गर्नु पर्ने बताउनु भयो ।

सो कार्यक्रममा सहभागी अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले निर्वाचन प्रणाली सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्ने गरी बनाउनु पर्ने, अपाङ्गता मैत्री संरचना बनाउनु पर्ने, निर्वाचनमा खटिने कर्मचारीहरुलाई अपाङ्गताको विषयमा उनीहरुका सेवा सुविधाहरुको बारेमा जानकारी गराउनु आग्रह गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वावलम्बन जीवनपद्ती केन्द्र काठमाडौंका महासचिव गणेश के.सी.ले गर्नु भएको थियो ।

No description available.

No description available.

No description available.