वि.सं.२०८१ असोज २५ शुक्रवार

‘पञ्चा सिंह र पवन कार्की समूहको समानान्तर गतिविधि बन्द गर’ (विज्ञप्तिसहित)

४ जना उपाध्यक्षले संगठन एकतका लागि अपिल

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)का ४ जना उपाध्यक्षले संगठन एकतका लागि अपिल गरेका छन् ।

उपाध्यक्षहरू इन्द्र भुषाल. मिलन एमसी, लक्ष्मी प्रसाद जोशी र डा. अच्युत प्रसादले संयुक्त रूपमा विज्ञप्ति निकालेर संगठनकी अध्यक्ष पञ्चा सिंह र समानान्तर गतिविधिमा संलग्न पवन कार्की समूहलाई जिम्मेवार बनेर संगठनको विवाद समाधान गर्न आग्रह गरेका छन् ।

उनीहरूले अध्यक्ष सिंहको स्वेच्छाचारिता र कार्की समूहको समानान्तर गतिविधि बन्द गरी वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन् ।

“पञ्चा सिंहको स्वेच्छाचारिता र पवन कार्की समूहको समानान्तर गतिविधि बन्द गरी वार्तामार्फत समाधान खोज्न अनुरोध गर्दछौँ ।

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा संघको निर्वाचनमा हाम्रो मातृ पार्टी नेकपा (माओवादी केन्द्र) लाई पहिलो पार्टी बनाउने दायित्व युवा विद्यार्थीहरूको काँधमा छ,” विज्ञप्तिमा भनिएको छ ।