वि.सं.२०८३ साउन २४ आइतवार

कलम, सम्बन्ध र सुरक्षा

म पत्रकार गणेश विक,
कलम मेरो पहिचान हो,
अपराधका अँध्यारा पाटा खोज्दै,
सत्य उज्यालो बनाउने अभियान हो।

अपराध बिट मेरो कर्मभूमि,
सुरक्षा समाचार मेरो जिम्मेवारी,
घटनाको गहिराइसम्म पुग्नु,
सत्य तथ्य लेख्नु मेरो इमानदारी।

प्रहरी होस् या सुरक्षा निकाय,
कर्तव्यमा खटिने हरेक हातलाई सम्मान छ,
रात–दिन जनताको सुरक्षामा उभिने,
ती साहसी मनहरूप्रति मेरो सलाम छ।

सम्बन्ध आफ्नै ठाउँमा हुन्छ,
व्यावसायिक धर्म आफ्नै ठाउँमा,
मित्रता र सम्मान मनमा राखेर,
सत्य लेख्छु आफ्नै कलमको बाटोमा।

न कसैको पक्षमा कलम झुक्छ,
न कसैको दबाबमा रोकिन्छ,
गलतलाई गलत भन्न सक्ने हिम्मत,
पत्रकारिताको धर्मबाटै जन्मिन्छ।

सुरक्षा निकायसँग सहकार्य होस्,
तर सत्यसँग सम्झौता कहिल्यै नहोस्,
सम्मान सबैप्रति समान रहोस्,
कलमको स्वाभिमान कहिल्यै नझुकोस्।

अपराधको पर्दा चिर्दै जाँदा,
सत्यका अनेक रूप भेटिन्छन्,
पत्रकार र सुरक्षाकर्मीको सहकार्यले,
समाजमा सुरक्षाका दीप बल्छन्।

म गणेश विक
कलमको यात्रामा अडिग छु,
सत्य, तथ्य र जिम्मेवारी बोकेर
अपराध बिटको पत्रकारितामा
आज पनि उभिएको छु। ✍️🇳🇵