पवित् माया
पवित्र माया त्यो सम्बन्ध हो,
जहाँ स्वार्थभन्दा विश्वास ठूलो हुन्छ।
जहाँ शब्दभन्दा भावना गहिरो हुन्छ,
र दूरीभन्दा सम्झना बलियो हुन्छ।
पवित्र माया त्यो दीप हो,
जो आँधीबेहरीमा पनि निभ्दैन।
त्यो फूल हो,
जो दुःखका काँडाबीच पनि मुस्कुराइरहन्छ।
न धनले किन्न सक्छ यसलाई,
न समयले मेट्न सक्छ।
साँचो मनले जन्माएको प्रेम
सधैं पवित्र र अमर रहन्छ।
तिमी मेरो जीवनको त्यो माया हौ,
जसले हरेक अँध्यारोमा उज्यालो भरिदियो।
तिम्रो साथले जीवनलाई अर्थ दियो,
र हृदयलाई अनन्त शान्ति दियो।
पवित्र माया केवल प्रेम होइन,
यो विश्वास, त्याग र समर्पणको नाम हो।
दुई आत्माको यस्तो मिलन,
जुन समयसँगै अझ पवित्र बन्दै जान्छ। ❤️
लेखक – गणेश पाठक
हाल – कोटेश्वर
मिति – २०८३/०४/२२































